Chief

डिल्ली बहादुर चौधरी


मा. मुख्यमन्त्री एवं अर्थ मन्त्री
Chief

राम बहादुर के.सी.


सचिव

परिचय

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम अर्थ मन्त्रालयको मिति २०७४ साल फाल्गुन ३ गते गठन भई कार्यारम्भ गरेको छ । प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक श्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजश्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ ।

प्रदेशस्तरको आर्थिक स्थायित्व र मुल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।

   प्रवक्ता एवम् गुनासो सुन्ने अधिकारी

सुरेन्द्र पाण्डे

उपसचिव

फोन नं. : ०८२-५९०४३७, ५९०४३८

मोवाईल नं : ९८५७०८८४५१

इमेल: surendrapandey.mof@gmail.com

   सूचना अधिकारी

माधव पोख्रेल

अधिकृत सातौं

फोन नं. : ०८२-५९०४३७, ५९०४३८

मोवाईल नं. : ९८६७११९७२५

इमेल : mpokhrel.info@gmail.com